
प्रधानमन्त्री बालेनसहितलाई गाली गर्ने युट्युबर पक्राउ
काठमाडौं । प्रधानमन्त्रीसहितका नेताहरुलाई गाली गर्ने युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका रोशन पोखरेल रहेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका नेताहरुलाई गाली गर्दै अपमानजनक सामाग्री बनाएको आरोपमा पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
पोखरेलले ‘HADES’ नामक युटुब च्यानलमार्फत प्रशारण सामाग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।



कागजपत्र |
