
कतारले दियो ३ नेपालीलाई आममाफी
काठमाडौं- कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले रमदानको अवसरमा ती नेपालीलाई आममाफी दिएका हुन्।
आममाफी पाउने नेपालीहरूको परिचय गोप्य राखिएको मन्त्रालयले जनाएको छ।
कतारले विभिन्न धार्मिक तथा विशेष अवसरमा यसअघि पनि कैयौँ कैदीहरूलाई आममाफी दिने प्रचलन रहेको छ।



कागजपत्र |
