
ग्राहक सम्मान र नयाँ अफरसहित हाइटेक भिजनले नवौं वार्षिकोत्सव मनाउँदै
काठमाडौं- नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हाइटेक भिजन प्रालिले आफ्नो नवौं वार्षिकोत्सव चैत २७ गते विशेष कार्यक्रमसहित मनाउने भएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम, ग्राहक सम्मान तथा आकर्षक योजना सार्वजनिक गर्ने जनाएको छ। सोही दिन नयाँ अफर योजनाहरू पनि लागू गरिने र कार्यक्रममा सहभागी हुने ग्राहकहरूलाई उपहार प्रदान गरिने बताइएको छ।
स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको हाइटेक भिजनले नेपालमै पहिलो पटक किस्ताबन्दी प्रणालीमार्फत किचनवेयर तथा फर्निचर सामग्री बिक्री सुरु गरी बजारमा नयाँ अभ्यास स्थापित गरेको कम्पनीको दाबी छ। यसले मध्यम तथा सामान्य आय भएका ग्राहकहरूलाई आवश्यक सामग्री सहज रूपमा खरिद गर्ने अवसर दिएको उल्लेख गरिएको छ।
गुणस्तरीय सेवा, विश्वास र पारदर्शिताका कारण कम्पनी देश तथा विदेशमा रहेका नेपाली ग्राहकहरूको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ। ग्राहकहरूको निरन्तर साथ र विश्वासकै कारण कम्पनीले हालसम्मको प्रगति हासिल गरेको उल्लेख गरिएको छ।
कम्पनीले समय–समयमा ग्राहकहरूका लागि विभिन्न छुट योजना, आकर्षक अफर तथा उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइएको छ। बढ्दो माग र विश्वासलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो सेवा विस्तार पनि गर्दै आएको छ।
हालै काठमाडौंको गोङ्गबु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने तारकेश्वर–लामबगरस्थित पुरानो शोरुमबाट सेवा निरन्तर प्रदान भइरहेको छ। साथै, कम्पनीले सन् २०८२/८३ भित्र २०० भन्दा बढी फ्रेन्चाइजी विस्तार गर्ने लक्ष्य राखेको छ।
हाइटेक भिजनले आगामी दिनहरूमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउँदै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।



कागजपत्र |
