अबुधाबीमा ड्रोन भग्नावशेष खस्दा घाइते नेपालीमध्ये चार डिस्चार्ज हुँदै


काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनको भग्नावशेष खसेर घाइते भएका नेपालीमध्ये दुईजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार शुक्रबार भएको उक्त घटनामा घाइते सात नेपालीमध्ये दुईजना घर फर्किएका छन् भने थप चारजना पनि डिस्चार्जको प्रक्रियामा रहेका छन्।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका एक नेपालीको अवस्था अहिले खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ। उनी अझै अस्पतालमै उपचाररत छन्।

घटनापछि यूएईस्थित नेपाली दूतावासका अधिकारीहरूले सबै घाइतेसँग सम्पर्क गरी अवस्थाबारे जानकारी लिएको प्रवक्ता क्षेत्रीले बताए।

अबुधाबीको अजबन क्षेत्रमा भएको उक्त घटनामा पाँच भारतीय नागरिकसमेत घाइते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया