कलाकार ‘बले’ पक्राउ


काठमाडौं – कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीबाट पक्राउ गरिएको जानकारी दिए ।

कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

सोही आरोपबारे अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए । एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।

आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया