राजधानीबाट गुण्डागर्दीमा संलग्न १७ पक्राउ


काठमाडौं – प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको छ । गएराति प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ४ जनालाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बौद्ध, कलंकी, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा सक्रिय उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया