
मध्यपूर्वमा अफवाह फैलाएको आरोपमा ११ नेपाली पक्राउ
काठमाडौं- सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा मध्यपूर्वका विभिन्न देशमा ११ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरबमा ४, कतारमा ३ र ओमानमा १ जना नेपाली नियन्त्रणमा लिइएका हुन्।
मध्यपूर्वमा जारी तनावपूर्ण अवस्थाबीच सम्बन्धित देशहरूले सामाजिक सञ्जालमा फैलाइने भ्रमपूर्ण सामग्री र अफवाहप्रति कडाइ गर्दै आएका छन्। सोही क्रममा नेपाली नागरिकहरू समेत पक्राउ परेको मन्त्रालयले जनाएको छ।



कागजपत्र |
