मालपोत कार्यालय पोखरियाबाट सेवाग्राहीलाई हैरानी दिने ३ बिचौलिया पक्राउ


वीरगन्ज – मालपोत कार्यालय पोखरियाबाट सेवाग्राहीलाई अनावश्यक हैरानी दिने कार्यमा संलग्न भएको आरोपमा तीन जना बिचौलिया पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले मालपोत कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले कार्यालयभित्र अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राही तथा कर्मचारीलाई दुःख दिने गरेको गुनासो प्राप्त भएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार उनीहरू मालपोत कार्यालयभित्र प्रवेश गरी सेवाग्राहीलाई विभिन्न बहानामा हैरान पार्ने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।

हाल पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया