मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आग्रह


काठमाडौं – निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ ।

आयोगले नयाँ वर्षको अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई नाम दर्ता गराउन अनुरोध गरेको हुन् ।

नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न उत्प्रेरित गर्ने र सो कार्यका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने-आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहहरुलाई आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया