
बालेन सरकारलाई नेकपाको समर्थन, ‘रचनात्मक सहयोग गर्ने’ निर्णय
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बालेन शाह नेतृत्वको सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने निर्णय गरेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले सरकारलाई असहयोग नगरी रचनात्मक रूपमा सहयोग गर्ने निर्णय भएको जानकारी दिए।
उनले भने, “हामी सरकारलाई असहयोग गर्दैनौँ, तर सरकार सही मार्गमा हिँड्नुपर्छ। कुनै आग्रह वा पूर्वाग्रहबाट सञ्चालन हुनु हुँदैन।”
यसैबीच, आज बसेको संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दलको नेता चयन गरेको छ।



कागजपत्र |
