ओली र लेखकलाई १० दिन थुनामा राख्न माग


काठमाडौं-  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेका छन्।

जिल्ला अदालत काठमाडौँमा उक्त मागमाथि हाल बहस जारी छ। ओली र लेखक पक्षका वकिलहरूले भने थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन्।

यसैबीच, जरुरी पक्राउ पुर्जीको समर्थन तथा १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भन्दै आजै जिल्ला अदालत काठमाडौँमा दुईवटा निवेदन दर्ता गरिएको छ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको विषयमा छानबिन गर्न गठित आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो। त्यसै सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरी शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।

जेनजी आन्दोलनका समयमा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए।

प्रतिक्रिया