उपसभापति शर्माले गरे सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदनसँगै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।

‘राजीनितमा हनुमुन पिरियड भन्ने गरिन्छ खास गरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई । त्यो वार्म अपको अवधिमा उसको कामको सकारात्मक या नकारात्मक सन्देश बुझ्न सकिन्छ । तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिन्न । त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,’ शर्माले भनेका छन्, ‘अनि प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न ।’

उनले थप भनेका छन्, ‘नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै यो बैठक स्थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनु भएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।’

प्रतिक्रिया