
होर्मुजमा कार्यरत नेपाली नागरिक इरानको कब्जामा
काठमाडौं- इरानले होर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो। पक्राउ पर्ने व्यक्ति अमृत झा हुन्।
परराष्ट्र मन्त्रालयका पश्चिम–एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार, अमृत झा होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा पक्राउ परेका हुन्।
उक्त जहाजमा रहेका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप विवरण हाल सार्वजनिक गरिएको छैन। पक्राउ परेका व्यक्तिको परिवारले पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए।



कागजपत्र |
