
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीले नै गुमाए ज्यान
कैलाली – कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।
कैलालीको कैलारी गाउँपालिका–५ बजैपुर स्थित ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार कैलारी गाउँपालिका–५ बस्ने ६० वर्षीय कलसु चौधरी र उनकै श्रीमती ७० वर्षकी सेतानु चौधरीको वुधवार राति मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गोरुगाडामा बाँधिएको एउटा गोरु मरेको छ भने एउटा गोरु घाईते भएको छ। चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगर र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
