
बालेनको रमाइलो ट्विस्ट: ‘सरकार कहिले बन्छ मलाई पनि भनन यार’
काठमाडौं- नेपालको राजनीति गम्भीर मोडमा पुगेको बेला सामाजिक सञ्जालमा भने रमाइलो मोड देखिएको छ।
बुधबार ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले आफ्नो फेसबुकमा सरकार गठनबारे एउटा पोष्ट गरेका थिए। उनले लेखेका थिए, ‘रवि लामिछाने, बालेन शाह लगायतले आगामी सरकार गठनबारे नियमित छलफल गरिरहेका छन् र नयाँ सरकार एक हप्ता वा १० दिनभित्र बन्ने सम्भावना रहेको छ !’ सोही पोस्टमा टिप्पणी गर्दै बालेन शाहले लेखे- ‘हो र ? मलाई पनि भनन यार।’
अहिले सरकार गठनबारे ठूलो-ठूला छलफल चलिरहँदा माननीय बालेन्द्र शाह ‘बालेन’को यो कमेन्टले भने सामाजिक सन्जाल तातेको छ । जहाँ नेताहरू गुप्त बैठक र समीकरणमा व्यस्त छन्, त्यहीं जनताले सोधिरहेको प्रश्न- ‘सरकार कहिले बन्छ ?’ तर, बालेनकै शब्दमा त्यसको उत्तर अझ सरल बन्यो -‘मलाई पनि भन न यार !’
अब यसपछि प्रश्न उस्तै छ- सरकार बन्ने मिति अझै गोप्य नै रहने हो कि फेसबुककै कमेन्टबाट बाहिर आउने हो ?



कागजपत्र |
