उपभोक्ता ठगी नियन्त्रणमा विभाग सक्रिय, तीन फर्म कारबाहीमा


काठमाडौं– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुनविपरीत गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले तीन कम्पनीलाई जरिवाना गरेको छ।

विभागले स्थलगत अनुगमनका क्रममा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। त्यस्तै, काठमाडौंको बबरमहलमा सञ्चालित किराना घर ट्रेड्स एण्ड सप्लायर्स र गणपति ट्रेड्स सप्लायर्सलाई समान ५/५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।

यसै क्रममा विभागले थप १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। पछिल्ला दिनहरूमा बजारमा हुने गैरकानुनी कारोबार नियन्त्रण गर्न विभागले निरन्तर अनुगमनलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया