
खोटाङ हेलिकप्टर दुर्घटना: एक घाइतेसहित पाइलटलाई काठमाडौं ल्याइयो
काठमाडौं– खोटाङको केपिलासगढी गाउँपालिका–२ बालादेसी क्षेत्रमा मंगलबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिउँसो १२ बजेर २ मिनेट जाँदा ‘नाइनएन–एएचक्यु’ कलसाइनको हेलिकप्टर अवतरण गर्ने क्रममा चिप्लिएर भित्तामा ठोक्किँदा पल्टिएको हो।
दुर्घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई तत्कालै अर्को हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
हेलिकप्टरका पाइलट सविन थापा सकुशल रहेका छन् र उनी काठमाडौं फर्किसकेका छन्। साथै, हेलिकप्टरमा सवार अन्य यात्रुहरू लक्ष्मी राई, समला राई, बालकुमार राई र दासमणि राईको अवस्था पनि सामान्य रहेको छ।
प्रहरीका अनुसार अवतरणका क्रममा सन्तुलन गुम्दा हेलिकप्टर भित्तामा ठोक्किएर दुर्घटना भएको हो। घटनाबारे थप विवरण संकलन भइरहेको छ।



कागजपत्र |
