
हुन्डी र अभौतिक मुद्रा कारोबार गर्ने २ जना १ करोड १६ लाखसहित पक्राउ
काठमाडौं- प्रहरीले हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्दै आएका दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरू नागार्जुन नगरपालिका-८, भिमढुङ्गका सागर गिरी र प्रमोद प्रसाद धिताल हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईले पक्राउ गरिएको पुष्टि गर्दै अपराधसँग सम्बन्धित थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



कागजपत्र |
