
ओमानमा ड्रोन आक्रमण : कोठामै रहेका नेपाली कामदार घाइते
काठमाडौं – ओमानमा शुक्रबार भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिक घाइते भएका छन्।
ओमानस्थित नेपाली दूतावासका अनुसार नुवाकोटको ककनी निवासी एक नेपाली कामदार सामान्य घाइते भएका हुन्। उनी हाल स्थानीय अस्पतालमा उपचाररत छन् र भोलिसम्म डिस्चार्ज हुने जानकारी प्राप्त भएको दूतावास स्रोतले जनाएको छ।
घटना हुँदा ती नेपाली आफ्नै कोठामा बसिरहेका थिए। सोही क्रममा इरानले प्रहार गरेको ड्रोन विस्फोट हुँदा उडेको छर्रा लागेर उनी घाइते भएका हुन्। लगत्तै उनलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ओमानको सोहर प्रान्तस्थित अल–अवाही औद्योगिक क्षेत्रमा खसेको ड्रोन विस्फोटमा दुई विदेशी कामदारको मृत्यु भएको छ। सोही घटनामा एक नेपाली पनि सामान्य रूपमा घाइते भएका हुन्।



कागजपत्र |
