
इरानी नागरिकका लागि नेपालमा ‘अन–अराइभल’ भिसा बन्द
काठमाडौं- नेपाल सरकारले इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ।
अध्यागमन विभागका अनुसार अब नेपाल भ्रमण गर्न चाहने इरानका साधारण राहदानीवाहक नागरिकले विमानस्थलमा पुगेर भिसा लिन पाउने व्यवस्था रहने छैन।
नयाँ व्यवस्थाअनुसार इरानी नागरिकले नेपाल आउनुअघि अनिवार्य रूपमा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ।
विभागले जारी गरेको सूचनामा उक्त निर्णय तत्काल लागू हुने उल्लेख गरिएको छ।



कागजपत्र |
