नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा असइविरुद्ध मुद्दा


काठमाडौं-  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरीविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक(असइ) मुक्त नारायण श्रेष्ठले बढुवाका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको खुलासा भएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, श्रेष्ठले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुँदा दिल्ली, भारतस्थित केन्द्रीय माध्यामिक शिक्षा बोर्डबाट जारी भएको देखिएको प्रमाणपत्र पेश गरेका थिए।

यस अपराधको विषयमा अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार जेल र जरिवानासहितको सजाय माग गरेको छ।

प्रतिक्रिया