
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक कैदी पक्राउ
काठमाडाैं- गत भदाैमा भएकाे जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका–४ का ४० वर्षीय रामनरेश साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हाे ।
उनी जेनजी आन्दोलनको समयमा कारागार कार्यालय गौरबाट फरार भएका थिए । साह लागुऔषध गाँजा तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका थिए ।
प्रहरीले विशेष खोजतलास अभियान सञ्चालन गर्दै उनलाई गौर नगरपालिका–१ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु प्रदिप बस्यालले बताए ।



कागजपत्र |
