
मुस्ताङमा कांग्रेस उम्मेदवार थकालीको अग्रता
पोखरा – हिमाली जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ ।
गणना भएको १ हजार २ सय ६९ मतमध्ये कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।
एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत ल्याएर पछ्याइरहेका छन् भने रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत पाएका छन् । अरु दलको निकै कम मत छ ।



कागजपत्र |
