नवलपुरमा बाबु–छोराबीच विवाद, छोराद्वारा ट्रयाक्टर र मोटरसाइकलमा आगजनी


नवलपुर- नवलपुरको गैंडाकोट नगरपालिका–४ इटाभट्टामा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नै घरमा रहेका सवारी साधनमा आगजनी गरेका छन् । बाबु–छोराबीच भएको झगडापछि छोराले ट्रयाक्टर र मोटरसाइकलमा आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ७५ वर्षीय बाबु टोपबहादुर थापा र ४१ वर्षीय छोरा नारायण थापाबीच विवाद भएपछि नारायण थापाले घरमा रहेका प्रदेश २–०३–००१ त ३१९३ नम्बरको ट्रयाक्टर र लु २८ प ७०३० नम्बरको मोटरसाइकलमा आगो लगाएका हुन् ।

गएराति करिब १२ बजे भएको आगलागीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा करिब १५ मिनेटमै आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट दुवै सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यद्यपि, घटनामा कुनै मानवीय वा पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

आगजनीमा संलग्न नारायण थापा हाल फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया