प्रतिस्पर्धीलाई पितृशोक परेपछि कांग्रेस उम्मेदवार रानाले गरे आफ्नो चुनावी कार्यक्रम स्थगित


पाल्पा – नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले आफ्नै प्रतिस्पर्धी उम्मेदवारलाई पितृशोक पर्दा आफ्नो चुनावी कार्यक्रम स्थगित गरेका छन् ।

पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका रानाले प्रतिस्पर्धी उम्मेदवारका पिताको निधन भएपछि श्रद्धाञ्जली अर्पण गर्दै आप्mनो आजको चुनावी कार्यक्रम स्थगित गरेको घोषणा गरेका छन् ।

‘रानाको यस कार्यले मानवीयता सबैभन्दा ठूलो कुरा भएको पुष्टी भएको छ,’ पाल्पा क्षेत्र नं. १ का लागि निस्दी गाउँपालिकाका एक मतदाता भन्छन् । उनी भन्छन्, ‘खासमा अहिलेसम्म म सन्दीपलाई भोट दिने पक्षमा थिइन, तर उनको यस कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै यसपटकको एक भोट उनैलाई दिन्छु ।’ उनको यस कार्यको विपक्षी मतदाताले समेत प्रशंसा गर्दै प्रभावित भएको बताएका छन् ।

रानाले नेकपा एमालेका उम्मेदवार एवं आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद आचार्यका पिता डिल्ली प्रसाद आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै आज रामपुरको बेझाड बजारमा हुन लागेको चुनावी सभा एवं घरदैलो कार्यक्रम स्थगित भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

प्रतिक्रिया