
पोखरामा युवतीको शव फेला
पोखरा- पोखरामा आइतबार एक युवतीको शव खोलामा फेला परेको छ । घटना पोखरा महानगरपालिका–६, ड्यामसाइड नजिकको खोलामा सुटकेसभित्र भएको हो ।
अन्दाजी २५ वर्षकी युवतीको शव अहिलेसम्म पहिचान भइसकेको छैन । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ ।
कास्की प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको डीएसपी हरीबहादुर गथापा ले जानकारी दिएका छन् । उनका अनुसार घटनाको विवरण संकलन र प्रारम्भिक अनुसन्धान भइरहेको छ र थप विवरण पछि सार्वजनिक गरिनेछ।



कागजपत्र |
