
युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन दूतावासको आग्रह
काठमाडौं – इरानले आबुधावीको अल-दाफ्रामा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
नेपाली दूतावास आबुधावीले ट्राभल एडभाइजरी जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन र युएई सरकारले जारी गरेको सुरक्षा निर्देशको पालना गर्न अनुरोध गरेको छ।
आपतकालीन सुझाव, सल्लाह र सहयोको लागि नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबईमा सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ । युएई सरकारले नागरिकहरुलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।



कागजपत्र |
