त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ


काठमाडौं –  ठूलो परिमाणको विदेशी मुद्रा अवैध रूपमा बाहिर लैजान खोज्ने एक स्विडिस नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियामा जाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो रहेकी छन्।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले खान्द्रोको साथबाट अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चिनियाँ युआन ७ हजार ४ सय तथा स्विडेनको मुद्रा फेम हन्ड्रेड क्रोनर ४३ हजार बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार खान्द्रो सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्न लागेकी थिइन्। विदेशी मुद्रा अवैध रूपमा लैजान खोजिएको आशंकामा पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ।

प्रतिक्रिया