भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते


भोजपुर- भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ। निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–४, दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो।

दुर्घटनामा २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाका अनुसार बसमा जम्मा २६ जना सवार थिए, जसमा एक जमदार र एक सैनिक कर्मचारी सकुशल रहेका छन्।

डीएसपी लामाले बताएअनुसार, दुर्घटनामा करिब ९ जना गम्भीर घाइते भएका छन्। उनीहरूको थप उपचारका लागि २ वटा हेलिकप्टर काठमाडौं पठाइएको छ। बाँकी घाइतेको अवस्था सामान्य रहेको छ र उनीहरूलाई भोजपुर अस्पतालमा उपचार दिइँदैछ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया