
ओलीले सार्वजनिक गरे प्रतिबद्धता पत्र
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र- ५ को विकास र समृद्धिका लागि भन्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । मंगलबार नेकपा एमाले क्षेत्र नम्बर ५ झापाले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धतापत्रमा यस क्षेत्रका भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।
त्यस्तै विगतमा आफ्नै नेतृत्वको सरकारले अघि सारेका लोकप्रिय कामहरूको जगमा उभिएर बाँकी रहेका अधुरा योजनाहरू पूरा गर्ने अठोट एमालेले लिएको छ ।





कागजपत्र |
