निर्वाचन भए एमाले भाग लिन्छ, तर ढुक्क हुने अवस्था छैन: ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझैसम्म निर्वाचनको स्पष्ट वातावरण बन्न नसकेको बताएका छन्।

आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको समयमा ढुक्कका साथ चुनाव हुने अवस्था अझै सुनिश्चित नभएको बताएका हुन्।

ओलीले निर्वाचन भएमा एमाले त्यसमा सहभागी हुने पनि स्पष्ट पारे।

“चुनाव हुने भयो भने हामी भाग लिन्छौं। तर चुनावको वातावरण बनिसक्यो भनेर अहिले नै भन्न सकिँदैन,” उनले भने।

उनले निर्वाचनको वातावरणबारे सरकारलाई नै बढी जानकारी हुनुपर्ने उल्लेख गर्दै आफूहरूले हेर्दा अहिलेसम्म चुनावको तयारी र अवस्था स्पष्ट रूपमा बनेको जस्तो नदेखिएको प्रतिक्रिया दिए।

प्रतिक्रिया