राप्रपाको ‘संकल्प पत्र’ सार्वजनिक


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ।

‘सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’को मूल नाराका साथ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार राजधानीमा आयोजित कार्यक्रमका बिच संकल्प पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले अहिलेको प्रदेश तहलाई पूर्ण रूपमा खारेज गर्दै केन्द्र र बलियो स्थानीय तहसहितको दुई तहको शासकीय संरचनाको प्रस्ताव अघि सारेको छ। विशेष गरी स्थानीय तहलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन गैरदलीय आधारमा निर्वाचन गर्ने एजेन्डालाई पार्टीले प्राथमिकताका साथ उठाएको छ।

Skip to PDF content

प्रतिक्रिया