
वेस्ट इन्डिजविरुद्धको खेलअघि कप्तान रोहित अभ्यासमा अनुपस्थित, बिरामी परे
काठमाडौं – आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार बिहान ११:१५ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछ। उक्त खेलको तयारीस्वरूप नेपाली टोलीले भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहान अभ्यास गरेको छ।
तर, अभ्यास सत्रमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी भएनन्। उनी बिरामी परेकाले अनुपस्थित भएको कुरा नेपालका मुख्य प्रशिक्षक स्टुअर्ट लले पुष्टि गरेका छन्।
वानखेडेमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक लले भने,
“कप्तान ठिकै छन्। उनलाई हिजो राति ज्वरो आएको थियो र औषधि खाएका छन्, त्यसैले भोलि ठिक हुन्छन् होला।”
रोहितले यसअघि इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा सहभागिता जनाइसकेका छन्। उनले इंग्ल्यान्डविरुद्ध ३९ रन र इटालीविरुद्ध २३ रन बनाएका थिए।



कागजपत्र |
