झापामा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी, ६४ वर्षीय वृद्ध पक्राउ


झापा –  झापामा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो।

उजुरी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले तत्काल एक्सनमा उत्रेर पौडेललाई पक्राउ गरेको जनाइएको छ।

हाल पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाको विस्तृत विवरण र प्रमाण संकलन गरिँदैछ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया