
नेपाल प्रहरीका ‘भ्यालेन्टाइन’को झल्को दिने ३ सन्देश…
काठमाडौं — पछिल्ला समयमा नेपाल प्रहरी डिजिटल मैत्री बन्दै गएको छ । आम जनतालाई सूसुचित गर्नका लागि नेपाल प्रहरीले सामाजिक सञ्जालहरु प्रयोग गर्दै आएको छ । यसै सन्दर्भमा आउँदै गरेको भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै नेपाल प्रहरीले दैनिक सन्देशमूलक सूचना प्रवाह गर्दै आएको छ ।
नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजबाट पछिल्ला दिनमा दैनिक जस्तो भ्यालेन्टाइनका विभिन्न दिनको झल्को दिने किसिमको सन्देशहरु प्रवाह हुँदै आएको छ । जसका कारण देशको कर्णधारका रुपमा रहेको युवा पुस्तासम्म आफ्ना सकारात्मक सन्देश पुग्नसक्नेमा नेपाल प्रहरी रहेको देखिएको छ ।
युवापुस्ताले पछ्याउँदै आएको ट्रेन्डलाई नेपाल प्रहरीले पनि पछ्याउँदै आएको मानिएको छ । नेपाल प्रहरीको उक्त पेजमा गत ३ दिनमा ३ वटा भ्यालेन्टाइनको झल्को दिने प्रहरी सन्देश प्रवाह भइसकेका छन् । यसरी यस सन्देश दिने माध्यमलाई आधुनिकीकरण र डिजिटलाइजेसन गर्नुले लक्षित समूहमा आफ्ना सन्देश प्रवाह गरिनु नै हो भन्ने मान्न सकिन्छ ।



कागजपत्र |
