पेस्तोल र वाकिटकीसहित मोरङमा दुई जना पक्राउ


काठमाडौं– अवैध हतियारसहित दुई जना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिकामा पेस्तोल र वाकिटकी राखिएको सूचनाका आधारमा प्रहरीले कारबाही गर्दै दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सुन्दरहरैचा नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी, मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सिलास लिम्बुको घरमा अवैध हतियार राखिएको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट ‘मेड इन युएस’ लेखिएको पेस्तोल १ थान, वाकिटकी २ थान र भरुवा बन्दुकजस्तो देखिने काठको हतियार १ थान बरामद गरिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया