

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज (सोमबार)दिउँसो २ बजे बस्ने तय भएको बैठक बैठक स्थगन गरिएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो ।
आजको काँग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो ।

