सेमी लक डाउनको निर्णय गर्दै मन्त्रिपरिषद, सीसीएमसीका ११ प्रस्ताव स्वीकृत हुने


काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर सुरु भएपछि सरकारले सेमी लक डाउन गर्ने भएको छ।

सोमबार साँझ बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)ले तयार पारेको ११ वटा प्रस्ताव स्वीकृत गर्न लागेको हो।

उक्त प्रस्तावमा तीन साताका लागि विद्यालय बन्द गराउने, भिडभाड हुन नदिने, रात्रीकालिन सेवालाई सीमित समयसम्म मात्र सञ्चालन गराउने लगायतका सेमी लकडाउनका कार्यक्रम रहेका छन्।

भारतमा कोरोनाको दोस्रो लहर व्यापक हुँदै गर्दा नेपालका पनि विभिन्न ठाउँमा मृतकको संख्या बढ्नुका साथै संक्रमण दरले तिव्रता लिन थालेको छ।

यहि सन्दर्भमा स्वास्थ्य, शिक्षालगायतका मन्त्रालय र जनस्वास्थ्य विज्ञले औपचारिक र अनौपचारिक रुपमा दिएको सुझावका आधारमा सीसीएमसीले प्रस्ताव तयार पारेको थियो। जसलाई मन्पित्रिपरिषदले स्वीकृत गर्न लागेको हो।

कोरोनाको दर उच्च हुने क्रम बढे लक डाउनमा जान सकिने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि गरेका थिए।

प्रतिक्रिया