
हिमपात भए हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन सक्छ: प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा हिमपातका कारण अत्यधिक चिसो भई चुनाव गर्न असम्भव अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताएकी छन्।
मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित राष्ट्रिय सेवादलको दीक्षान्त समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्ने तयारी गरिरहेको स्पष्ट पारिन्। अत्यधिक चिसोले चुनाव सम्भव नभएमा मात्रै वैकल्पिक व्यवस्था अपनाइने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले गाडी चल्ने ठाउँसम्म मतदाता ओसारेर समेत निर्वाचन गर्ने विकल्पमा छलफल भइरहेको जानकारी दिइन्। प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने दोहोर्याउँदै उनले भनिन्, ‘निर्वाचन सर्दैन, तोकिएकै समयमा हुन्छ।’
उनका अनुसार निर्वाचनले देशलाई राजनीतिक निकास दिनेछ भने स्थायित्व र शान्ति कायम गर्न कोसेढुंगा साबित हुनेछ।



कागजपत्र |
