
बेलायत पढ्न गएका नेपाली विद्यार्थीले गुमाए ज्यान
काठमाडौं — बेलायत पढ्न गएका एक विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी– १० का २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।
सन् २०२३ मा पढ्नका लागि बेलायत गएका उनी उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट ग्रसित भएको जनाइएको छ ।
आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलको सन्डरल्याण्ड रोयल अस्पतालमा आइटियूमा राखेर उपचार सुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषणा गरेको जनाइएको छ ।
मण्डलको शव नेपाल पठाउन प्रक्रिया सुरु गरिने जनाइएको छ । उनी सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बाँकी शुल्क तीन हजार पाउण्ड नतिरेका कारण निष्कासित भएका थिए । उनको बेलायत बस्न पाउने अवधि १४ फेब्रुअरी २०२६ सम्म थियो ।



कागजपत्र |
