
स्ट्याक्स नेपालले टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं- आइसीसी टी–२० क्रिकेट विश्वकप माघ २४ गतेदेखि नेपालभर डिजिटल प्लेटफर्म स्टीक्स नेपाल मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। नेपाली दर्शकहरूले प्रतियोगिताका सबै खेल मोबाइल, ट्याब्लेट तथा अन्य स्मार्ट डिभाइस प्रयोग गरी सहजै हेर्न सक्नेछन्।
नेपालकै पहिलो खेलकुद केन्द्रित ओटीटी प्लेटफर्मका रूपमा स्टीक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस प्लेटफर्ममार्फत आइसीसी टी–२० विश्वकपअन्तर्गतका सबै खेल प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
स्टीक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईका अनुसार डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय खेलकुद सामग्री नेपाली दर्शकमाझ पुर्याउने उद्देश्यसहित यो प्लेटफर्म सुरु गरिएको हो। उनका अनुसार आगामी दिनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय खेलकुद सामग्री थप गर्दै लैजाने योजना रहेको छ।
स्टीक्स नेपाल एन्ड्रोइड, आईओएस तथा अन्य स्मार्ट डिभाइसमा उपलब्ध हुनेछ।



कागजपत्र |
