महेश बस्नेत र शोभा पाठकसँग आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौं –  निर्वाचन आयोगले भक्तपुर–२ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग स्पष्टीकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको आरोपमा बस्नेतलाई स्पष्टिकरण सोधेको हो ।

आयोगका अनुसार बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा उम्मेदवार रहेका बालेन शाहप्रति लक्षित गर्दै ‘छाउरा’ भन्ने टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै आयोगले लिखित जवाफ पेश गर्न निर्देशन दिएको जनाएको छ ।

यसैबीच, भक्तपुर–२ कै अर्की उम्मेदवार जानुका पाठक (शोभा पाठक) सँग पनि निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ । पाठकले प्रतिस्पर्धी उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको आरोप आयोगले लगाएको छ ।

 

प्रतिक्रिया