जमलमा तीन सवारी ठोक्किए, मोटरसाइकलमा आगलागी


काठमाडौं-  काठमाडौंको जमल क्षेत्रमा तीन वटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार मध्याह्न करिब साढे १२ बजे भ्यान, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो ।

प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

घाइते चालकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया