धनगढीमा कुटपिट गरि महिलाको हत्या, श्रीमान् पक्राउ


कैलाली- कैलालीमा श्रीमानकाे कुटपिटबाट महिलाकाे मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी-१३ काे राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर साेमबार गम्भीर घाइते बनाएका थिए ।

घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियोे तर उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीकाे मृत्यु भएपछि उनका श्रीमान सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनकाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया