
राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा जंगली, झाक्री र केसी निर्वाचित
काठमाडाैं- राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका तीन वटै सिट कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ।
आइतबार साँझ सम्पन्न मतगणनाअनुसार महिलातर्फ एमालेकी रामकुमारी झाक्री, अपांगता क्लस्टरतर्फ नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरतर्फ कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ विजयी झाक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन्। उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार ल्याइन्।
अपांगता क्लस्टरतर्फ कांग्रेसका जंगलीले ५ हजार ३२२ मतभारसहित विजय हासिल गरे। उनका प्रतिद्वन्द्वी नेकपाका सजन विकले १ हजार ६०१ मतभार प्राप्त गरे।
यस्तै, अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरे।



कागजपत्र |
