ओलीको पोस्टमा बालेनको कमेन्ट, ‘आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो?’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।

पब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्–’आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ।’

शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन् ।

बालेन लेख्छन्,

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो!
तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो!
आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो??
त्योपछि अरू कुरा गरौँला!
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।

प्रतिक्रिया