
बाबुरामले भट्टराईले फिर्ता लिए उम्मेदवारी
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टराईले आज आफू निकटका केही नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन्।
भट्टराईको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरूले अभिभावकत्व लिएर चुनावी सहजीकरण गर्न आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
गोरखा–२ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन्। २०७९ को निर्वाचनमा उनले प्रचण्डलाई सहयोग गर्दै आफू अब उम्मेदवारी नदिने बताएका थिए। यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए। तर मनोनयन दर्ताको दुई दिनअघि मात्रै निर्णय परिवर्तन गर्दै गोरखा पुगेर उम्मेदवारी दर्ता गराएका थिए।
भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा भने हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।



कागजपत्र |
