
भ्रष्टाचार मुद्दामा संगिता मिश्रसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
बुधबार, न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्।
कात्तिक २ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता भएको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
अख्तियारको दाबी अनुसार, ती व्यक्तिहरूले झूटा बिल, गलत प्रतिवेदन र मिलेमतोका आधारमा राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी हानी पुर्याएका थिए।



कागजपत्र |
