कांग्रेस छाडेर एमाले छिरेका अन्सारीको टिकट खोसियो


काठमाडौं-  नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अब्दुल हुसेन अन्सारी अन्ततः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नबाट रोकिएका छन् । कांग्रेस छाडेकै दिन एमालेले उनलाई सुनसरी–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पार्टीका नेता विष्णु रिमालले टिकट दिएर अन्सारीलाई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाएका थिए । तर, जिल्लास्तरका नेताहरूले तीव्र आपत्ति जनाएपछि पार्टी केन्द्रले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो ।

अब सुनसरी–४ बाट एमालेको उम्मेदवारका रूपमा जगदिश कुसियत अघि सारिने भएको छ ।

एमालेले सुनसरीका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याइसकेको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक, सुनसरी–२ बाट रेवतीरमण भण्डारी, सुनसरी–३ बाट भगवती चौधरी र सुनसरी–४ बाट जगदिश कुसियत उम्मेदवार हुनेछन् ।

प्रतिक्रिया