भक्तपुर-२ मा कांग्रेसका कविर राणा


काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतसँग भिड्न नेपाली कांग्रेसले भक्तपुर–२ मा पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ । राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादन हुन् ।

यसअघि २०७९ को निर्वाचनमा एमाले उम्मेदवार बस्नेतलाई हराएका दुर्लभ थापालाई टिकट नदिई कांग्रेसले राणालाई उम्मेदवार बनाएको हो ।

कांग्रेस संसदीय बोर्ड बैठकले कांग्रेस भक्तपुरका जिल्ला कार्यसमिति सदस्य रहेका राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले भक्तपुर १ मा किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया